इलाम नापी प्रमुख विराटनगरमा मृत फेला

इलाम  : इलामको जिल्ला नापी कार्यालय प्रमुख निरोज त्रिखत्री विराटनगरको एक होटलमा मृत फेला परेका छन् ।
भक्तपुर, गट्ठाटार घर भई हाल जिल्ला नापी कार्यालय इलाममा कार्यरत त्रिखत्री विराटनगर बसपार्क पछाडीको होटल पाथिभरा इनमा मृत फेला परेका हुन् ।
विराटनगरमा जारी तीनदिने गोष्ठीमा सहभागि हुन विराटनगर आउनुभएका ४५ बर्षिय त्रिखत्री उक्त होटलको कोठा नम्बर १०९ मा मृत फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका खाना खाएर कोठामा सुत्न गएका त्रिखत्री होटलको बेडमा मृत फेला परेका हुन् । मृतकको शरिरमा कुनैपनि प्रकारको चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता बिष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।
त्रिखत्रीसंगै सोहि होटलमा बसेका सवारीचालकले आइतबार बिहान खत्रीको अवस्था देखेर होटल धनीलाई जानकारी दिएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीरः मुकेश शिवाको फेसवुकबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता