सूर्योदय नगरपालिकाको बजेट ६९ करोड २२ लाख

  • मुना अधिकारी

इलामः आर्थिक वर्ष २०७४/०७५ को सूर्योदय नगरपालिकाको वार्षिक बजेट ६९ करोड २२ लाख ६७ हजार आठ सय ५३ सार्वजनिक भएको छ । जसमध्ये चालु खर्चतर्फ ३७ करोड ३१ लाख ५६ हजार ५० र पूजीँगततर्फ ३१ करोड ९१ लाख ११ हजार आठ सय तीन रहेको छ । सोमबार नगरपालिकाले वार्षिक नगर विकास योजना सार्वजनिकरण समारोह गरि सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले वाषर््िाक नगर विकास योजना नीति तथा कार्यक्रम र बजेटको सावजनिक गर्नुृभएको हो ।
नगरपालिकाले आधारभूत आवश्यकतालाई ध्यानमा राखी नगर टोलको विकासका लागि विभिन्न शीर्षकहरुमा  जिल्लाकै ठूलो नगरपालिका सूर्योदय नगरपालिका भएकाले पर्यटन,कृषि,शिक्षामा समेत उत्तिकै जोड दिई बजेटक सार्वजनिक गरिएको छ । अनुभव नयाँ भएकाले कार्य गर्न कठिनाई भएकाले बजेटको विनियोजनमा समय लागेको राईले बताउनुभयो ।
कार्यक्रममा सूर्योदय नगरपालिकामा उल्लेखनिय कार्य गर्नेलाई सम्मान र पुरस्कार समेत वितरण गरेको थियो । विभिन्न क्षेत्रको जग्गा दिएर सहयोग गर्नुहुने जग्गादाताहरु उत्तम कुमार श्रेष्ठ,जीवन प्रधान,जीवन कुमार गौतम,गगांमाया घिसिङ र चन्द्रमणि वाग्लेलाई नगरपालिकाका मेयरले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै  नगरपालिकामा उच्कृष्ट कार्य गर्ने कर्मचारीमध्येबाट सूर्योदय नगरपालिकाका गोविन्द पौडेल,सामाजिक परिचारिका ललिता राई,शान्ति सुरक्षामा आमच्य पुर्याउने फिक्कल पैहरि चौकिका सहि  मोहन रायमाझी,इलाका प्रहरि कार्यालय पशुपतिनगरका इन्चार्ज शिव कुमार बुढाथोकीलाई सम्मान तथा पुरस्कार  प्रमुख जिल्ला अधिकारी विष्णु कुमार पोख्रेलले वितरण गर्नुभएको थियो । 
 त्यस्तै सबैभन्दा बढी कर तिर्नेमध्ये सुनपा आठका नरेन्द्र प्रसाद रिजाल,उपभोक्ता समितिबाट छत्र बहादुर लेप्चा,घरेलु तथा साना उद्योग संजालका शिवलाल प्रदान,उद्योग व्यावसायी कमल पौडेल,सगिंता कामी र रेनुका राई त्यस्तै उत्कृष्ट पत्रकारिता पुरस्कार फिक्कल एफएमका राजकुमार दाहाल एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय जनक मावि उत्कृष्ट अंक ल्याउने छात्र आशिश घिमिरे,उत्कृष्ट अंक ल्याउने छात्रा गौरि निरौला,लोपउन्मुख जातीबाट उत्कृष्ट अंक ल्याउने रोशित थामी,दलित सुजन आछामे र उत्कृष्ट टोलमध्ये समावेशि टोल विकास संस्थालाई सम्मान तथा पुरस्कार जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले वितरण गर्नुभएको थियो ।
कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी विश्णु कुमार पोख्रेल, इलाम नगरपालिकाका मेयर महेश बस्नेत,माई नगरपालिकाका मेयर दिपक थेबे,माईजोगमाई गाँउपालिकाका अध्यक्ष जित बहादुर राई, जिल्ला समन्वय समितिका निमित्त प्रमुख ओमनाथ ढुंगाना लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले गर्नुभएको थियो । कार्यक्रम सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता