झापामा प्रहरीको स्वीप अपरेसन : एकैरातमा समातिए दमकमा ५० जना

२०८२ जेष्ठ २५ गते , शनिबार


झापाको दमकमा प्रहरीले स्वीप अपरेसन गरी एकैरात ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रातको समयमा अनधिकृत गतिविधि गर्ने, लागू औषध सेवनकर्ता, मादक पदार्थ सेवन गरी हिँडडुल गर्नेहरू रहेका छन् ।


गएराति १०.३० बजेबाट सुरु भएको अपरेसन ११.४० बजेसम्म चलेको थियो । दमक नगरपालिकाको वडा नं ६, ७ र ८ का विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो । खास गरी दमक बजार , पशुहाट ,बसस्टेन्डलगायतका क्षेत्रमा अपरेसन गरिएको थियो । राति ५० जनालाई पक्राउ गरिएकोमा स्क्रिनिङ गरी १६ जनालाई राति नै छाडिएको र बाँकी ३४ जनालाई नियन्त्रणमै राखिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।
इलाका प्रहरी कार्यालय दमकबाट स्विप अप्रेसनमा खटिएको डीएसपी तिमल्सिनाको कमान्डको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी –८ बस्ने ४१ वर्षीय राजकुमार धिमाल , सोही ठाउँ बस्ने ३५ वर्षीय सोमबहादुर धिमाल , ३५ वर्षीय अर्जुन धिमाल,मोरङ जहदा गाउँपालिका –२ बस्ने २७ वर्षीय सन्त किस्कु , दमक नगरपालिका –९ बस्ने २२ वर्षीय रामबाबु मरण्डी , सोही ठाउँ बस्ने २२ वर्षीय बाबुराम मरण्डी , दमक –८ बस्ने १९ वर्षीया रोनिशा मगर , सोही ठाउँ बस्ने २० वर्षीया कल्पना मगर ,२० वर्षीय पवन गिरी , भारत किशनगंज थाना खनियाबोध बस्ने ३१ वर्षीय साकिर आलम , सुनसरी भोक्राहा नरसिंह गाउँपालिका –६ बस्ने १८ वर्षीय शिव उराव , सोही ठाउँ बस्ने १७ वर्षीय सागर उराव , २१ वर्षीय विशाल उराव , १६ वर्षीय कुमार उराव , १८ वर्षीय वसन्त उराव,२८ वर्षीय अनिल उराव रहेका छन् ।
त्यस्तै पक्राउ पर्ने अन्यमा दमक–५ बस्ने ३४ वर्षीय बलबहादुर नेपाली, सोही ठाउँ बस्ने ३८ वर्षीय मोहन गुरुङ , वडा नं –७ बस्ने १४ वर्षीय सुनिल बर्देवा , बिर्तामोड बस्ने ४० वर्षीय अनिल लिम्बू , बाह्रदशी –६ बस्ने १४ वर्षीय विशाल पण्डित , सोही ठाउँ बस्ने १७ वर्षीय करण राजवंशी ,१८ वर्षीय भविस राजवंशी ,पाँचथर फाल्गुननन्द –४ बस्ने २१ वर्षी जीवन नेम्वाङ , सोही ठाउँ बस्ने २१ वर्षीय योगेन्द्र लिम्बू , १७ वर्षीय सविन नेम्वाङ , सुनसरी इटहरी –१२ बस्ने ३५ वर्षीय दिनेश भण्डारी ,मोरङ उर्लाबारी –७ बस्ने २२ वर्षीय अमित सरदार , ग्रामथान –२ बस्ने १७ वर्षीय साजन सरदार, सोही ठाउँ बस्ने १६ वर्षीय अनिल सरदार , दमक –७ बस्ने १६ वर्षीय रियान विश्वकर्मा , वडा नं ५ बस्ने १९ वर्षीय सचिन राई , वडा नं–१ बस्ने १९ वर्षीय राकेश शेर्मा लिम्बू र वडा नं –५ बस्ने १७ वर्षीय साहिल कुमाल रहेका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment