२०८२ जेष्ठ २५ गते , शनिबार
झापा । सामुदायिक वनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा तेह्रथुम जिल्ला जिरीखिम्ती घर भई झापा अर्जुनधारा नगरपालिका-११ निवासी पूर्णबहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङको १२ वर्षको छोरा महसुस गुरुङ र सोही ठाउँका मुना गुरुङको १० वर्षको छोरा सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।
प्रहरीका अनुसार आज बिहान ८ बजेको समयमा अर्जुनधारा-११ स्थित नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा उनीहरू पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा पोखरीमा डुबी रहेको अवस्थामा स्थानीयले देखेर तत्काल उद्धार गरी बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएका थिए । अस्पतालका चिकित्सकले दुवै बालकलाई मृत घोषित गरिदिएको डीएसपी खड्काले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइने जनाइएको छ ।

0 comments:
Post a Comment