झापा, कमल गाउँपालिका–३ सानो केर्खास्थित पूर्व–पश्चिम लोकमार्गमा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) पुरनलाल राजवंशीको मृत्यु भएको छ।
मोरङको कानेपोखरी–४ घर भई हाल इलाम समालबुङ बीओपीमा कार्यरत ४८ वर्षीय राजवंशी घर विदा सकेर ड्युटीमा फर्किंदै गर्दा आइतबार साँझ ७:५५ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको थियो, जहाँ राति ९ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
0 comments:
Post a Comment