इलाम, जेठ २३ – इलाम प्रहरीले लागुऔषध विरुद्ध विशेष अभियानअन्तर्गत तीन जनालाई खैरो पदार्थ, मोबाइल र सवारीसाधनसहित पक्राउ गरेको छ।
इलाम नगरपालिका–७ देवानचोकबाट पक्राउ पर्नेमा देउमाई–२ का पासाङ शेर्पा (२९), इलाम–७ का रुपन राई (२६) र माई–१ का अबिरल राई (२१) छन्। उनीहरूको साथबाट १.३९० ग्राम खैरो पदार्थ, Samsung, Realme र iPhone ब्रान्डका मोबाइल ४ थान, एक मोटरसाइकल (मे ५ प ६४९६) र एक स्कुटर (प्र१-०१-००१३ प ८६०७) बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत इलामबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
0 comments:
Post a Comment