चितुवाको आक्रमणमा बालकको मृत्यु, तनहुँका ग्रामीण बस्तीमा चितुवा आतङ्क तीव्र

 

बन्दीपुर, तनहुँ ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ। मृतक बालक ६ वर्षीय उत्सव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार बालक आँगनमा खेलिरहेको बेला साँझपख अचानक चितुवाले आक्रमण गरेको थियो। गम्भीर घाइते बालकलाई तत्कालै बन्दीपुर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीका अनुसार घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो र वन कार्यालयलाई समेत सूचित गरिएको छ।
तनहुँका विभिन्न स्थानहरू—भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा पछिल्ला केही वर्षयता चितुवाको गतिविधि उल्लेखनीय रूपमा बढेको देखिएको छ। ग्रामीण बस्तीहरूमा पालतु जनावर तथा बालबालिकामाथि आक्रमण हुने घटनाहरू बढ्दो क्रममा छन्।
स्थानीयवासीहरूले जंगल नजिकका बस्तीहरूमा चितुवाको बाक्लो उपस्थिति देखिएको भन्दै वन विभाग र स्थानीय सरकारसँग प्रभावकारी नियन्त्रण तथा सुरक्षाका उपायहरू अविलम्ब लिन माग गरेका छन्।
वन अधिकृतहरूले भने चितुवाको बासस्थान अतिक्रमण र आहार सञ्जालमा आएको विघटनका कारण मानव बस्तीमा चितुवाहरू प्रवेश गर्ने गरेको बताएका छन्। यस्ता घटनाहरू न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, चितुवा निगरानी तथा प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment