ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्यामा संलग्न एक जना पक्राउ

जेष्ठ २१, २०८२

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का २८ बर्षीय तेजेन्द्र लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ३२ बर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ २१ गते राती पौने १ बजे फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बूबीच सामान्य बिवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बूको साथ लगाई उनीहरुकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बूलाई गुरुङले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।


घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ–९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment