- माइपोखरी न्युज
बिर्तामोड, १९ मंसिरः बिर्तामोडमा रहेको वीएण्डसी टिचिङ हस्पिटलको गुणस्तर युरोपियन हस्पिटलको जस्तै रहेको डाक्टर जर्ज ब्रिनहार्ड रुफलिनले बताएका छन् । मंसिर २ गते देखि ८ गते सम्म संचालनमा भएको स्वास्थ्य शिविरको अनुगमनमा स्विुजरल्याणका अर्थोपेडिक डाक्टर रुफलिनले विगत ४५ दिनदेखि वि एण्ड सीमा रहेका थिए ।
मंगलबार हस्पिटल प्रशाशनले आयोजना गरेको पत्रकार सम्मेलनमा रुफलीनले सो कुरा बताएका हुन् । हस्पिटलको गुणस्तर बृद्धि हुनुमा कार्यसमितिको लगाव रहेको उनले प्रष्ट पारे । रुफलीनले हस्पिटलको स्तरवृद्धिको निम्ति स्वुजरल्याणका (युरोप) अन्य हस्पिटल सम्पर्क गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । आफनो व्यक्तिगत तर्फबाट पनि हस्पिटललाई सहयोग गर्ने उनले बताए । आइसियु मा काम गर्ने नर्सको लागी आवश्यक पर्ने २ वर्ष थप कोर्ष गर्नु पर्ने सल्लाह रुफलीनले दिएका छन् ।
रुफलीनको बसाईले वि एण्ड सी हस्पिटललाई धेरै फाइदा पुगेको वि एण्ड सीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । वि एण्ड सीको हस्पिटलकोलाई विश्वका टिचिङ् हस्पिटको स्तरमा लान सहयोग गरेको निर्दोशक प्रसाईले जनाए ।
रुफलीन विश्वका विभिन्न देशको भ्रमण सकेर नेपाल आएको डा. उमेश कुमार शर्माले बताए ।