चन्दा असुल्दै गर्दा इलामको गोर्खेबाट भूपू नेपाली सेना सहित बाह्रजना पक्राउ

इलाम, १९ मंसिर, इलाममा  बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि इलाम प्रहरीले सुरक्षा सतर्कतालाई कडा बनाउँदै लगेको छ । यसै क्रममा इलाममा निर्वाचन बिरुद्ध शंकास्पद गतिविधि गर्दै गरेको तथा स्थानीय बासीहरुबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका बाह«जनालाई भारतसंग सिमा जोडिएको सूर्योदय नगरपालिका १ गोर्खेको मंगलबारेबाट पक्राउ गरेको छ । 
गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलिले गोर्खेको सिंहदेवी मतदान केन्द्र आसपासका स्थानियबासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्व नेपाली सेना सहित  बाह्रजनालाई पक्राउ गरेको इलामका प्रमुख एसपि बिपिन कर्मचार्यले बताए । 
पक्राउ पर्नेमा भूपू नेपाली सेनाका जागिरे चितवनका ५१ बर्षिय बसन्तबहादुर बराल, चितवनकै ४९ बर्षिय मुक्तिनाथ अधिकारी, तनहुँका २८ बर्षिय रामु सुबेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मिका २० बर्षि तेजेन्द्र जिसि, गुल्मिकै १७ बर्षिया कोपिला थापा, काठमाडौंका ४१ बर्षिय कृष्ण थापा, काठमाडौकं ३२ बर्षिया मिना केसी, तेह«थुमका २९ बर्षिय कृष्णप्रसाद अधिकारी, संखुवासभाका २९ बर्षिय अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रुपन्देहिका २० बर्षिया माया रहेका छन् । 
प्रहरीले उनीहरुको साथबाट गौरब युवा एकता पिडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीनथान नागरीकता, चारथान मतदाता परिचयपत्र र नेपाली चारहजार चारसय तथा भारतीय दुईहजार पाँचसय ७० रुपैंयाँ बरामद गरेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख विपिन कुमार कर्माचार्यले बताए ।  निर्वाचन गतिबिधि बिरुद्ध लाग्दै आएका बिप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाएर कार्वाही गरीरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता