गगन थापा माथि बम आक्रमण, थापा सहित ७ घाईते, गगनको यसरी हुँदैछ उपचार

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापामाथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको  । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् ।
काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलोका क्रममा उनी माथि बम आक्रमण भएको हो । 
थापासँगै चुनावी अभियानमा रहेका ७ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ । 
गगनको यसरी हुँदैछ उपचार
 चुनावी घरदैलोको क्रममा बम आक्रमणमा परेका काँग्रेस नेता गगन थापाको त्रिवि शिक्षण अस्पतालमा उपचार भर्इरहेको छ । कान र ढाडमा सामान्य चोट लागेका थापालार्इ अहिले त्रिवि अस्पतालमा उपचार भइरहेको हो । 
उनीसँगै गम्भीर घाईतेहरु श्याम कृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठ, ध्रुब खड्का लगायत ६ जना कार्यकर्ताको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको हो । अहिले गगन थापाको अवस्थाबारे बुझ्न शिक्षण अस्पताल महाराजगञ्जमा उनका शुभेक्षुकहरुको भीड लागेको छ । 
यसैबीच, बम आक्रमणमा परी घाइते भएका थापालार्इ भेट्न चिकित्सक समेत रहेकी श्रीमती अञ्जना केसी लगायतका परिवारका सदस्यहरु पनि त्रिवि शिक्षण अस्पतालमा पुगिसकेका छन् । घटना लगत्तै महाराजगञ्ज ल्यार्इएका थापालार्इ भेट्न तत्कालै परिवारका सदस्यहरु शिक्षण अस्पताल पुगेका थिए । 
प्रहरीले गगन माथि आक्रमण गर्ने आक्रमणकारीको खोजी कार्य जारी रहेको जनाएको छ । घरदैलोका क्रममा उनीमाथि आक्रमण भएको जानकारी पाउने बित्तिकै उनीमाथि आक्रमण गर्नेको खोजी कार्य तीब्र बनार्इएको प्रहरी प्रवक्ता मनोज न्योपानेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता