नेपाली कांग्रेस इलाम क्षेत्र नं. २(२) प्रदेशसभाका उम्मेद्वार खगेन्द्र देवान को हुन ?

  • मनिषा चम्लगाईँ

इलाम जिल्लाको विकट गाउँ चुलाचुलीमा वि.स. २०१७ सालमा बुवा सुकवहादुर देवान र आमा धनमाया देवानको कोखबाट जन्मीएका देवाको वल्यकाल सामन्य नेपालीहरुको जस्तै वितेको थियो । 
देवानलाई बाल्यकाल देखिनै नेपाली कांग्रेसका नेता वी.पी.को विचारले प्रभाव पेरेको थियो र उनले पछि गएर नेपाली कांग्रेसको सक्रिय राजनीति गर्ने सोच बनाई सकेका थिए । नेपाली कांग्रसले नेतृत्व गरेको हरेक आन्दोलनमा नेता देवानको सक्रिय सहभागिता छ । उनले ०३६ सालको आन्दोलनमा सक्रिय भएर सहभागी भए ०४६ सालको आन्दोलनमा पनि उनी अग्रहसर भएर लागेका थिए भने २०६२÷०६२ सालको जनआन्दोलनमा देवानले आन्दोलनको नेतृत्वनै गरेका थिए । यसरी देशलाई चाहिएको बेला जुनसुकै परिस्थितिमा अग्रह भागमा उभिने एक भद्र र सलिन नेताको रुपमा खेवानलाई लिने गरिएको छ ।
देवानले शिक्षा विषयमा स्नातका उर्तिण गरेका छन् । देवान एक वौद्यिक नेताकोरुपमा पनि लिने गरिएको छ । देवनले नेपाली समाजलाई नजिकबाट वुझेका छन् । गरिवी अशिक्षाको अन्त्य गर्नु पछ भनेर लागेका देवान अहिले पनि आफ्ने क्षेत्रमा भएको हरेक समस्याको सामधान गर्नु आफ्नो पहिलो प्रथामिकता भएको वताउँदै अगाडि वढी रहेका छन् । जनताको समस्यालाई आफ्नै समस्यको रुपमा लिने देवान इलामवासीको भविष्यको रुपमा लिने गरिन्छ ।
नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय देवान २०६१ सालमा नेपाली कांग्रसको भातृ संगठन तरुण दलको इलाम जिल्ला अध्यक्षमा निर्वाचित भएर नेतृत्व गरेको अनुभव समेत रहेका देवान ०६४ सालमा तरुन दलको केन्द्रिय सदस्य भई सकेका छन् । देवान २०६७ सालमा नेपाली कांग्रेस पार्टी सचिव भए । फेरी २०७२ सालको अधिवेशनबाट पार्टी सचिवमा निर्वाचित भएका हुन । नेपाली कांग्रेमा रहेर लामो समय सम्म जनताको सेवा गरेका देवान यो पटक नेपाली कांग्रेसको तर्फबाट इलाम क्षेत्र नं. २(१)को प्रतितिधि सभा सदस्यको उम्मेद्वार भएका छन् । 
देवानलाई मतदाताले एक सलिन, भद्र र विकास प्रेमी नेताको रुपमा लिएका छन् । आफ्नो क्षेत्रको सग्रह विकासको लागि देवानको आवश्यकता महसुस गरेका मतदाताले देवानलाई जिताएर आफ्नो क्षेत्रको विकास हेर्न चाहेका छन् । इलाको कर्णाली भनिने गरेको देवानको क्षेत्रमा विकास गर्नु एक चुनैतीको रुपमा पनि लिने गरिएको छ । देशकै उच्च ओहदामा पुगेकाबेला पनि यो क्षेत्रबाट विजयी भएर जाने नेताहरुले विकास नगरेको आरोप खेप्दै गरेको वेला विकासको ज्योतीको रुपमा देवानलालई यस क्षेत्रका बासिन्दाले लिने गरेका छन् । अहिलेको निर्वाचनमा देवानको प्रतिस्प्रधि माओवादी केन्द्रका धिरेन्द्र शर्मा (रमण) चुनावी मैदानमा रहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता