इलाममा ६५ प्रतिशत मत खस्यो

इलाम २१ मंसिर  आज भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा इलाममा करिव ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका सवै मतदान केन्द्रबाट हाल सम्म एसएमएस र फोनबाट आएको जानकारी अनुसार करिव ६५ प्रतिशत मत झरेको जिल्ला निर्वाचन कार्यालय इलामका  प्रेम काफ्ले जानकारी दिनुभयो । यकिनतथ्याङ्क भने भोली मात्र आइसक्ने उहाँले वताउनु भयो ।
गत असारमा भएको निर्वाचनका ७३ प्रतिशत मत खसेको इलाममा यस पटक ८ प्रतिशत कम मत
खसेको छ । यहाँ २ लाख ४ हजार ४६ मतदाता रहेका छन् । उहाँका अनुसार जिल्लाका सवै ठाउँबाट भोली बिहान सम्ममा मतपेटिका सदरमुकाममा रहेको मुख्य निर्वाचनको कार्यालयमा आइसक्ने छन् । गाउँपालिकाको सिमलटारमा रहेको मतदान केन्द्र सवैभन्दा टाढाको मतदान केन्द्र हो । सो स्थानबाट समेत बिहान छ वजे सम्ममा मतपेटिका सदरमुकाम ल्याइसकिने जनाइएको छ । मतगणना भोली दिउशोबाट शुरु हुने मुख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीले जानकारी दिनुभयो । यहाँ शान्ति पुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता