पाँचथर र ताप्लेजुङ्गमा बाम गठबन्धन अगाडी

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ । मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ ।

पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्बेले ४ हजार ३ सय २२ मत मतका साथ पछ्याइरहेका छन् ।

मंसिर १० मा भएको निर्वाचन अन्तर्गत पाँचथरमा जम्मा ७७ हजार ६ सय ८२ मत खसेको थियो ।
यसैगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ताप्लेजुङको पछिल्लो परिणाम सार्वजनिक भएको छ । र एमाले उमेदवार योगेश भट्टराईको अग्रता निकै फराकिलो रहेको छ ।

बाहिरिएको मत परिणामअनुसार एमालेका योगेश भट्ट्राईले ११ हजार ३५८ मत ल्याएका छन् भने कांग्रेसका केशव दाहालले ७ हजार ३४३ मत ल्याएका छन् ।
ताप्लेजुङ अपडेट
प्रतिनिधिसभा तर्फ
नेकपा एमाले, योगेश भट्टराई ११३५८
नेपाली काँग्रेश स् केशव प्रसाद दाहाल   ७३४३
प्रदेशसभा (क)
नेकपा एमाले, बलबहादुर सामसोहाङ   ५७८१
नेपाली काँग्रेश, लिला बोखिम  ४१८३
प्रदेश सभा (ख)
नेकपा माओवादि केन्द्र, टंक आङ्बुहाङ  ५२१८
नेपाली काँग्रेश, दिपेन्द्र कुमार सेन्दाङ  ३२६६

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता