इलाममा ४५ प्रतिशत मतदान

इलाम, २१ मंसिर, इलाममा बिहानै देखी लाईन वसेर शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । अहिले १.३० वजे सम्ममा ४५ प्रतिशत मतदान भएको निर्बाचन कार्यालय ईलामले जनाएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका दुई लाख चार हजार ४६ जना मतदाता छन् । जिल्लामा १४४ मतदानस्थलका २६६ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण तवरले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।  


इलाममा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले आज बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गर्दै  संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको आज हुँदै गरेको निर्वाचन हो, भन्नुभयो । 

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने बताउँदै नेता खनालले भन्नुभयो, “देश महत्वपूर्ण र समृद्धिको उन्मुख हुने चरणमा छ, निर्वाचन भएपछि देशमा विकासको मूल फुट्छ ।” 

 इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भन्नुभयो, “आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ ।”

यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गर्नुभयो । मतदानपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको र इलामे जनताले आफुलाई जिताउनेमा ढुक्क रहेको बताउनुभयो ।

यसै केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गर्नुभयो । 
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता