काठमाडौं । दोस्रो चरणअन्तर्गत डडेल्धुरामा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्ममा डडेल्धुरामा ५० प्रतिशत मत खसेको हो ।
डडेल्धुराका मुख्य निर्वाचन अधिकृत डा. रमेश प्रसाद रिजालले अहिलेसम्म ५० प्रतिशत मत खसेको र मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा जारी रहेको जानकारी दिए । एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७३२ मतदाता रहेका छन् ।
डडेल्धुरामा प्रधानमन्त्री देउवासँग कम्युनिष्ठ गठबन्धनका तर्फबाट माओवादी नेता खगराज भट्ट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।
