
भ्द्रपुर १६ मंसिरः शुक्रबार भद्रपुर नगरपालिका महेशपुर स्थित मोरान मेमोरियल स्कुलमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । नेवा पासा मुना पुचको आयोजनामा सम्पन्न शिविरमा ३४५ जना विद्यार्थी र ५५ जना अभिभावकले आँखा जाच गराएको समितिका सह -सचिव सन्तोष श्रेष्ठले बताए ।
बिर्तामोड आँखा अस्पतालका डा विनोद दाहल, डा आलोक कर्ण र डा करिश्मा राईको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता श्याम कुमार ताम्रकारले गरेका थिए ।
सो अवसरमा आँखा सम्बन्धि जनचेलना मुलक कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।