मनाङ : गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी भएका हुन् ।
उनले १४ सय १० मतका साथ निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मतअन्तरले हराएका हुन् । यो क्षेत्रमा एमालेले उम्मेदवारी फिर्ता लिएर अप्रत्यक्ष रुपमा मनाङ्गेलाई सहयोग गरेको थियो ।
