निधि र महतोको क्षेत्रको मतगणना तारजाली भित्र सुरु

जनकपुर, धनुषा क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा मतगणना सुरु भएको हो । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ । मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।
धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रलाई निक्कै महत्वका साथ हेरिएको छ । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट रामसिंह यादव उम्मेदवार छन् ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता