मुस्ताङका सबै क्षेत्र एमालेको जित



मुस्ताङ, प्रतिनिधि र प्रदेशसभामा दुबैमा एमालेले जितेको छ। मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका प्रेम प्रसाद तुलाचन विजयी भएका छन्।

उनले ३ हजार ५ सय ४४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाएका छन्। मुस्ताङको प्रदेशसभा – क मा एमालेकै इन्द्र धारा डादु विष्टले १ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मिक्युर बहादुर गुरूङले ६ सय ५७ मत ल्याए।

प्रदेश सभा (ख मा एमालेका महेन्द्र प्रसाद थकाली विजयी भएका छन्। उनले २ हजार५ सय ८४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २ हजार २ सय ५९ मत पाएका छन्।

२०७० सालको संविधान सभामा यहाँ कांग्रेस विजयी भएको थियो। यसपालि भने कांग्रेसले दोस्रोमा चित्त बुझाउनु परेको छ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता