गठबन्धन प्रति शंका नगर्न नेम्वाङको आग्रह

इलाम, १८ मंसिर : नेकपा एमाले संसदिय दलका उपनेता तथा इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्वर दुई बाम गठबन्धनका उम्मेद्धार सुवासचन्द्र नेम्वाङले देशमा अब बाम गठबन्धनले बहुमत ल्याउने बताएका छन् । संयुक्त बाम गठबन्धन चुनाव प्रसार प्रचार समिति इलामले इलाम सदरमुकाममा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रसँग गरिएको गठबन्धन कांग्रेस विरुद्धको गठबन्धन नभएको भन्दै उनले गठबन्धनप्रति शंका नगर्न आग्रह गरे । 
देशको हितका लागि साझा गठबन्धन बनाएको अब बहुमत ल्याएर केन्द्र र प्रदेशमा सरकार बनाउने दाबी गरे । यसै क्षेत्रका जनताले दुई पटकसम्म विजयी गराएर सभामुख बन्ने सम्मको जिम्मेवारी दिएको र अब पनि विश्वास गरेर मत दिने उनको भनाई थियो । उनले भने– ‘पाँच वर्ष सम्म सरकार चलाउने जिम्मा दिएको खण्डमा देशमा आमुल पपिरवर्तन गर्ने छौँ ।’ निशुल्क शिक्षा, स्वास्थ्य सहितको घोषणा पत्र जनताको घरघरमा पठाइसकिएको जानकारी गराउँदै उनले अब सोही अनुसार आफुहरु अघि बढ्ने बताए । 
त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर दुई (१) का उम्मेद्धार राम रानाले गठबन्धनले बहुमत ल्याएको खण्डमा विकासले फड्को मार्ने बताए । उनले संविधानमा लेखिएको अधिकार जनतासमक्ष पु¥याउन र जनतालाई सुखी बनाउन आफु लागि पर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य मौसमले इलामका बाम गठबन्धनका उम्मेद्धारहरुलाई जिताउन आग्रह गरे । उनले जनता सामु घोषणा पत्र पुगिसकेको बताउँदै गठबन्धनले सोही अनुसार काम गर्ने बताएका थिए । कार्यक्रममा गाउँगाउँबाट जनता इलाम चौक बजारमा भेला भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता