इलाम चुलाचुलीमा बाम किल्ला तोडिदै, ४ सय ५५ बढी कांग्रेसमा प्रवेश

चुलाचुली, १८ मंसिरः नेपाली कांग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदाम्बेले लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टलाई रोक्न नेपाली काँग्रेसले अबको निर्वाचनमा बहमत सहित जित्ने दावि गर्नुभएको छ । कम्युनिष्टहरुले साम्यवादका नाममा अधिनायकवाद ल्याउन खोजेकोले हालसम्म प्राप्त उपलब्धी उल्ट्याउन बाम गठबन्धन लागि परेको आरोप समेत लगाउनु भयो । 
दक्षिणि इलामको चुलाचुली गाउँपालिका स्थित चुलाचुलीमा नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता आङदाम्बेले लोकतन्त्रलाई बचाउन काँग्रेसलाई अबको निर्वाचनमा जनताले जिताउनै पर्ने तर्क प्रस्तुत गर्नुभयो । कम्युनिष्टले बहुमत ल्याए संबैधानिक उपलब्धी र लोकतन्त्र समेत धरापमा पर्ने उहाँको तर्क थियो । प्रचार प्रसार समिति अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा भएको कार्यक्रममा झापाबाट नेकपा माओबादीका पूर्व सांसद बनिसक्नु भएका बिश्वदिप लिङदेनले पनि अबको निर्वाचनमा काँग्रेसलाई मत दिएर जिताउन आग्रह गर्नुभएको थियो । 
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेद्धार केशब थापा, प्रदेश सभाका उम्मेद्धार खगेन्द्र देवान सहित काँग्रेस जिल्ला सभापति हिमालय कर्मचार्य, पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ, समानुपातिक उम्मेद्धारहरु बिष्णु दाहाल, शान्तिकला तामाङ, पार्टि जिल्ला सदस्य होम दुलाल लगायतले पनि एमाले–माओबादीले बाम गठबन्धनको नाटक गरेर देशमा निरङकुशतन्त्र चलाउन खोजेको आरोप लगाउनुभएको थियो । सो सभाकै क्रममा एमाले, माओबादी, राप्रपा लगायतबाट पार्टी परित्याग गरी ४ सय ५५ जना नेपाली काँग्रेसमा प्रबेश गरेको जिल्ला सदस्य होम दुलालले जानकारी दिनुभयो ।  
यसैक्रममा आज बिभिन्न पार्टी परित्याग गरी इलामनगरपालिका ५ बरबोटे स्थित भोर्लेनिमा १८ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नवप्रबेशिलाई इलाम निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश नम्बर १ का उम्मेद्धार डम्बर खड्काले स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता