
इलाम, १९ मंसिरः निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेपछि निर्वाचनको मौनअवधि भएको छ । मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने आयोगले जानकारी दिएको छ ।
आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता सामग्री प्रकाशन÷प्रसारण गर्न पाईने छैन । तर आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट भएको छ ।