इलामको सान सलकपुरमा असी प्रतिसत सुन्तला बगान सखाप, सरकारी पक्षबाट सहयोग नहुदा रोग नियन्त्रण भएन

  • गोबिन्द पौडेल

रोङ, (जिर्मले) १९ मंसिरः इलामकै सबैभन्दा बढी र स्वादिलो सुन्तला उत्पादन गर्ने गरेका जिर्मले सलकपूरका किसानहरु अहिले आएर सुन्लाको बोटनै मर्न थालेपछि निरास भएका छन् ।
अत्याधि सुन्तला उत्पादन हुने भएको कारण गोल्डेन भ्यालीको उपमा पाएको सलकपूरका किसानहरुले बिगत पचास वर्ष भन्दा अघिदेखी ब्यवसायिक रुपमा सुन्तलाको खेती गदै आएका र आम्दामीको मुख्य श्रोत बनाएर हरेक बर्ष एक करोड भन्दा बढी रकम भित्राउन सफल रहेका थिए ।
बिगतका बर्षहरुमा गाउबाट करौडौको सुन्तला निकासी हुने गरेको भएपनि यस बर्ष करिव असी प्रतिसत जति बोट मरेको देखिएको छ । तीन बर्ष अघिमात्र सलकपुरको एकनम्वर मानिएको नन्दलाल अधिकारीको बगानमा यसपाली एकदाना सुन्तला देखिदैन रोगको कारण बगानै सखाप भएको उनको भनाइ छ ।
खासै कृषिको आधुनिक पद्धतीबाट नभइ यहाका किसानहरुले आफ्नै अनुभवबाट बिगत बर्षहरुमा सुन्तलाबाट आम्दामी लिन सफल भएका हुन् तर यतिखेर आएर आम्दामीको मुख्य श्रोत सुन्तलाको बोट धमाधम कक्रिएर सलक्क सुक्न थालेपछि किसाहरुमा चिन्ता बढेको रोङ ६  सलकपुरका किसान कल्पना भण्डारीले बताए । 
साबिक जिर्मले वडा नै १, २ र ३ नम्वर बडाहरुका प्राय सबै किसानहरुले लगाएको सुन्तलाको बोट यसरीनै मर्न थालेको देख्न थालिएको छ, यसरी नै मर्ने हो भने आगामी एक  बर्षमा सलकपूर सुन्तला बिहिन पनि हुन सक्ने संभावना रहेको सलकपुरका किसान याम अधिकारीले बताए ।
खास गरेर अहिले सुन्तलाको बोटमा एकप्रकारको पधेरा जस्तो सेतो किराको प्रकोपको कारण सुन्तलाको बोटनै मर्ने, आगामी बर्षहरुमा पनि उत्पादन घट्ने देखीएको छ । सुन्तलाको बोटमा टाँसीएर डाठबाट रस चुसेर हुर्कन रुचाउने किरा सुन्तलाको बोटमा टासीएपछि बोटनै मर्न थालेको किसान देवराज खनालले बताए । सामान्य बिषदीले नमर्ने उक्त किरा मार्न कडा रेड पोइजनको वा हेरेर आँफैले मारेमा मात्रै नियन्त्रण हुने किसानहरुको अनुभव रहेको छ । किसानहरुले बढी उत्पादनको मोहले बिगतका बर्षहरुमा जथाभावी रुपमा बिसादीहरुको प्रयोग गरेको कारणले समेत अहिले समस्या आएको हुनसक्ने अनुमान किसानहरुलेनै गर्न थालेका छन् यति मात्र हैन अहिलेत सुन्तला बारीमा नै अलैचीको खेती गर्न थालिएको र अलैचीलाइ सिन्चाइ गरि रहनु पर्ने तर सुन्तलाको फेद बरीपरि ओभानो राख्र्नु पर्ने भएपनि अलैची र सुन्तला खेतीको पारस्परिक मेल नहुदा पनि सुन्तला मर्न थालेको कतिपय किसानहरुको अनुमान रहेको छ ।
सलकपूर र इलामकै शान र पहिचान बनेको सुन्तला नेपाली बजारमा मात्र हैन बिगत बर्षहरुमा भारतको कलकत्तामा समेत लोकप्रिय बनेको थियो । हरेक बर्षको हिउदको समयमा सुन्तला चाख्न र हेर्नलाइ लाखौको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु समेत भित्राएर लोकप्रियता कमाउदै गएकोसमयमा सुन्तलानै मासिन लाग्दा किसानको आय आर्जन ठप्प मात्र हैन मेहनत र लगानी समेत डुबेको छ ।कृषि पर्यटनको संभावना बढेको खुल्ला कृषि पाठशालाको उदहारण बनेका सलकपूरका किसानहरुलाइ सरकारी पक्षबाट कुनै सहयोग नपाउनु किसानहरुको लागि दुर्भाग्य नै रहेको किसानहरुको दुखेसो रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता