दाजुलाई भोट माग्दै गायक यम बराल

इलाम, १५ मंसिरः आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएसंगै काँग्रेसले चुनावी प्रचारलाई तिब्र बनाउँदै लगेको छ । चुनावी प्रचार प्रसारमा गीत संगीतको माध्यमबाट पनि काँग्रेसले प्रचार प्रसार गरीरहेको छ । यसैक्रममा इलाम क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा २ बाट उम्मेद्वारी दिनु भएका काँग्रेस उम्मेद्वार दूर्गा बरालको प्रचार प्रसारमा गीत संगीतहरु पनि प्रस्तुत भएका छन् । उम्मेद्वर बरालको चुनावी प्रचारलाई आकर्षण बढाउन तथा उम्मेद्वार बरालले सो क्षेत्रमा गरेका सामाजिक काम, बिकासको कामप्रति थप उचाईमा पुरयाउन गीत संगीतको माध्यमबाट प्रचार प्रसार गरीएको छ ।
 नेपाली गीत संगीत क्षेत्रमा चर्चा कमाइसक्नु भएका राष्ट्रिय गायक यम बरालले आफनो गीत संगीतको माध्यमबाट  दुर्गा बरालको चुनाव प्रचार प्रसारमा सघाउदै हुनुहुन्छ । दुर्गा बरालका भाई समेत रहनु भएका राष्ट्रिय गायक यम बरालले दुईदिनसम्म काँग्रेस उम्मेद्वार दूर्गा बरालको चुनाव प्रचार प्रसारमा गीत संगीतको माध्यमबाट सघाउ पुरयाउनु भएको हो । आफनो माइला दाई दूर्गा बराललले राजनीति साथै सामाजिक तथा बिकास निर्माणमा पुरयाएको योगदानका निम्ति भाई भएको नाताले आफूले दाजुप्रति भाईले गर्नुपर्ने कर्तब्य सम्झेर चुनाव प्रचार प्रसारमा गीत संगीतको माध्यमबाट साथ दिएको गायक बरालले बताउनुभयो । चुनाव प्रचार प्रसारका क्रममा आफूले यो पार्टीलाई मत दिनुहोस् भनेर कसैसंग मत नमागेको उम्मेद्वार दूर्गा बरालले राजिनीति, सामाजिक र बिकास निर्माणमा पुरयाएको योगदानको मूल्याङ्कन सबै मतदाताले गर्नुपर्नेमा सबैसंग आग्रह गरेको गायक बरालले बताउनुभयो । 
दुइदिनसंग दाजु दूर्गा बरालसंगै रहनु भएका गायक बराल अहिले भने काठमाडौं फिर्किसक्नु भएको छ । यता काँग्रेस उम्मेद्वार दूर्गा बरालले कार्यकर्ता भेटघाट र घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता