
इलाम, ५ माघः होटल एसोसिएसन इलामले केही दिन पछि कुक ४० जना वएटर ४० जना र हाउसकिपिङ ४० जना को लागि ३ महिने निःशुल्क तालिम गराउने अध्यक्ष देवी पौडेलले जानकारी दिएका छन् । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सो तालिम दिएको पनि पौडेलले माईपोखरी न्युजलाई बताए । उनले भने इच्छुक ब्यक्तिले फारम फरेर सिट सुरक्षित गर्नुहोला, होटलमा काम गर्दै गरेकालाई विशेष प्राथमिकता हुनेछ तालिम पछि रोजगारिको समेत ग्यारेन्टी समेत गरिएको छ फाराम माघ १० गते देखि खोलिएको पनि उनले जानकारी गराए ।