
इलाम, ८ माघ : पश्चिम इलामको गजुरमुखीस्थित एक युवा भारतमा रेल दुर्घटनाबाट सख्त घाईते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
साबिक गजुरमुखी गाविस वडा नं. ८ का मनबहादुर गुरुङ आईतबार पश्चिम बंगालको हेगापुर रेल स्टेशनमा रेलको ठक्करले घाइते भएका हुन् । रेलको ठक्करबाट घाइते भई अचेत अवस्थामा भारतीय नागरिकहरुले फेला पारेका थिए । घाइते गुरुङको थडकपुरस्थित स्टेट अस्पतालमा उपचार भईरहेको भारतीय सामाजिक कार्यकर्ताहरुले जानकारी दिएका छन् ।