खाद्यान्नमा विषादी नै विषादी

  • मनिषा चम्लागाईँ
बिर्तामोड २३ फागुनः हामीले उपभोग गर्दै आएका खाद्यान्नमा अत्याधिक मात्रमा विषादीको प्रयोग हुने गरेको राष्ट्रिय उपाभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । खाद्यन्नको उपभोग गर्दा उपभोक्ता नै सजक हुनु पर्ने उनको तर्क छ । 
बुधबार बिर्तामोडमा राष्ट्रिय उपभोक्ता मञ्च झापाले आयोजना गरेको बिषादी न्यूनीकरण जनचेतना कार्यशालामा बोल्दै महर्जनले भारतबाट आयत हुने नुन, तेल लगायतका खाद्यन्न बढी मात्रमा अखाद्यतत्व मिसावट हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । संविधानले स्वस्थ्य खाद्यान्न उपभोग गर्न पाउने हकको व्यवस्था गरे पनि उपभोक्ताले त्यसको महसुस गर्न नसकेको उनले जनाए । महर्जनले उपभोक्ताको अधिकार, उपभोक्ताले निर्वाह गर्नु पर्ने समालोचनात्मक दायित्व , सक्रियता, सामाजिक, वातावरणीय, ऐक्याबद्धता लगायतका दायित्वको बारेमा जानकारि गराए । 
प्रमुख अतिथि रहेका बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युतप्रसाद ढकालले नेपाल कृषि प्रधान देश भए पनि भारत लगायतका अन्य मुलुकबाट महँगो मूल्यमा विषादीयुक्त सागसब्जी, खाद्यन्न किनेर खान बाध्य भएको जनाए । कृषि क्षेत्रमा व्यापक परिर्वतको आवश्यकता रहेको बताउँदै राज्यले जैविक खेती गर्नेलाई सहयोग गर्नु पर्ने तर्क गरे । ढकालले हामीले दैनिक रुपमा प्रयोग गर्दै आएको खाद्यान्नमा मिसावट भएको विषादी र त्यसले मानव शरीरमा पु¥याउँदै आएको असरको मात्रलाई तथ्याङ्कमा प्रस्तुत गरे । उपभोक्ता संरक्षण सम्बन्धी कानुन प्रभावकारी हुन नसकेको उनले बताए । 
कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका सचिव गोविन्द सुवेदीले आरमदायी र विलासी जीवनशैलीका कारण मानिसको ध्यान आफूले उपभोग गर्दै आएको खाद्यन्नमा प्रयोग भएको विषादीको मात्रमा केन्द्रीत हुन नसकेको दावी गरे । उनले छिमेकी देशबाट सर्वशुलभ मूल्यमा खरिद गरिएका खाद्यन्नमा भएको विषादीले मानव शरीरमा गम्भीर असर पु¥याइरहेको  बताए । नेपालमा उत्पादन भएका खाद्यन्नको तुलनामा बाहिरी मुलुकबाट आयत हुने खाद्यन्नमा बढी मात्रमा विषादी हुने गरेको जनाए । 
त्यस्तै झापाका सहायेक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पोखरेलले विषादीयुक्त खाद्यन्नको नियन्त्रणको निम्ती बजार अनुगमनमा जोड दिइएको बताए । पोखरेलले उपभोक्ताको अधिकार र बजार अनुगमन संयन्त्रबारे प्रष्ट पारे । 
बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्चको सहकार्यमा भएको कार्यक्रमलाई बिर्तामोड नगरपालिकाले सहयोग गरेको थियो । बिर्तामोड नगरपालिकाका, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुव्वाले गरेका थिए । सञ्चालन पत्रकार एकराज गिरीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता