इलाम, असार १७ ।
४५ वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त तीलबहादुर गुरुङ अन्ततः इलाम प्रहरीले पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका गुरुङको हाल उमेर ७६ वर्ष रहेको छ।
इलाम जिल्ला अदालतले २०३८ साल जेठ १२ गते उनलाई १० वर्ष कैद सजाय तोकेको थियो। फैसला सुनिएसँगै फरार भएका गुरुङलाई प्रहरीले लामो समयदेखि खोजी गर्दै आएको थियो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका–५ स्थित लुकिछिपि बसिरहेका गुरुङलाई पक्राउ गरेको हो।
इलाम प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला कारागार इलाम पठाइसकेको जनाएको छ।
प्रहरीका अनुसार फरार अभियुक्तलाई ४५ वर्षपछि पक्राउ गर्नु ठूलो सफलता मानिएको छ।

0 comments:
Post a Comment