बिर्तामोड, झापा | माईपोखरी न्यूज
झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ५ बजेतिर बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रहरीका अनुसार लिम्बू बिहान शौचालय जान उठेका बेला हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यस क्षेत्र आसपासमा पछिल्लो समय पटक–पटक हात्ती देखिने गरेको र जंगली हात्तीको आक्रमणको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन्।
प्रहरी र डिभिजन वन कार्यालयले हात्तीको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाइएको छ।

0 comments:
Post a Comment