📰 Maipokhari News
फाकफोकथुम गाउँपालिका–३ स्थित आमचोक–कोल्बोटे जोड्ने फाकफोक खोला ट्रस्ट बृजको निर्माण कार्य पूर्ण भएको छ।
यो बृज फाकफोकथुम गाउँपालिकाको केन्द्र र इलाम सदरमुकाम जोड्ने प्रमुख सडकखण्डमा निर्माण भएको हो। पुल निर्माणसँगै अबको दिनमा यातायात अत्यन्तै सहज हुने र स्थानीय विकासको लागि यो पुल एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
पुल निर्माणमा कोशी प्रदेशको समपूरक अनुदान र गाउँपालिकाको संयुक्त साझेदारीमा करिब २ करोड २० लाख रुपैयाँ लागत लागेको छ।
आज पुलको लोड टेस्ट गरिँदैछ भने केहि दिनमै सवारी साधनको नियमित सञ्चालनका लागि खुला गरिने जानकारी सम्बन्धित निकायले दिएका छन्।

0 comments:
Post a Comment