माइपोखरी न्यूज, भोजपुर ।
भोजपुर नगरपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। राजेन्द्र राईले आफ्नै सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार अभियुक्त राईले शनिबार राति करिब १:१५ बजे आफैँ प्रहरी कन्ट्रोलमा फोन गरी हत्याको जानकारी गराएका थिए।
प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो।
घटनापछि प्रहरीले अभियुक्त राजेन्द्र राईलाई नियन्त्रणमा लिएको छ। राईको पेटमा समेत चोट लागेको र हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुख्य बुँदाहरू :

- भोजपुरमा एकै परिवारका चार जनाको हत्या
- अभियुक्त राजेन्द्र राईले हत्यापछि आफैँ प्रहरीलाई खबर
- सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या
0 comments:
Post a Comment