इलाम । माई गाउँपालिका–३ स्थित हात्तीछिरा क्षेत्रमा आज बिहान बस र ट्याक्सी आपसमा ठोक्किँदा ट्याक्सीमा सवार दुई जना यात्रु घाइते भएका छन्।
लोदियाबाट बिर्तामोडतर्फ जाँदै गरेको यात्रुबाहक बस र इलामतर्फ गइरहेको ट्याक्सी एकआपसमा ठोक्किँदा खुदुनाबारी निवासी ३३ वर्षीय प्रकाश थापा र विर्तामोड–५ की ५२ वर्षीया देवीकुमारी भट्टराई घाइते भएका हुन्।
दुबै जनाको प्रारम्भिक उपचार माई अस्पतालमा गरिएको थियो। तर, अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि झापाको बिर्तामोड रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।
ट्याक्सी चालक सामान्य घाइते भएका छन् भने दुवै सवारी साधनमा रहेका अन्य यात्रुहरू सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको लोदिया प्रहरी चौकी दानाबारीले जनाएको छ।

0 comments:
Post a Comment