कस्ले जित्ला अवार्ड, कुलमान घिसिङ्ग देखि बिनोद चौधरी पनि प्रतिस्पर्धामा

काठमाडौँ, २३ फागुनः अर्थ तथा ब्यवसायीक क्षेत्रमा कृयाशिल ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको सिइओ अफ दि इयर अवार्डका लागी भोटिङ्ग खुल्ला भए सगै यसको चर्चा पनि चुलिएको छ । नेपालमा पहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी बिनोद चौधरी सम्मको प्रतिस्पर्धाले चर्चा पाएको हो ।  
आइतवार रिपोर्टर्स क्लब नेपालमा आयोजकले पत्रकार सम्मेलन गरेर पपुलर सिइओ अफ दि इयरका लागी भोटिङ्ग खुल्ला गरिएकोे जानकारी दिएको थियो । ६ वटा बिधामा प्रदान गर्न लागिएको अवार्डको अन्य ५ बिधाको भने जूरी कमिटीले फाइनल गर्ने र पपुलर सिइओ अफ दि इयरका लागी भने पब्लीक भोटिङ्ग मार्फत फाईनल गर्ने आयोजकले जनाएको छ । नेपाल कै ठुला घराना, उद्योगी, ब्यवसायी देखि नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सम्म यस बिधामा नोमिनेशनमा परेका हुन् । १६ जनाको यस अवार्डका लागी नोमीनेशनमा परेको र सबैलाई भोटिङ्ग मार्फत नै सबै भन्दा धेरै भोट ल्याउनेलाई अवार्ड प्रदान गरिने पत्रकार सम्मेलन मार्फत बताईएको छ । अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत  सर्वाधिक भोट पाउने ब्यक्तिलाई पपुलर सिइओ अफ दि इयरको अवार्ड प्रदान गरिने जनाइएको छ । 
अगामी फाल्गुन ३० गते होटल सोल्टीमा नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रम माझ अर्थ तथा ब्यवसाय जगतमा कृयासिल तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुलाई अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा १७ देशका ३०० जनाको सहभागी रहनेछ ।  
आफुलाई मन परेको ब्यक्तीलाई अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/ गई भोट गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता