
इलाम, २३ फागुनः नेपालमा पहिलो पटक सिइओ समिट तथा अवार्ड हुने भएको छ । सिइओ समिट तथा अवार्ड कार्यक्रममा १७ देशका झण्डै ३०० जना सिइओ तथा विजनेश लिडरहरु सहभागि हुने वताईएको छ ।
आउँदो फागुन ३० गते काठमाडौंमा आयोजना हुन लागेको नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रम मुख्यतया दुई एजेण्डामा केन्द्रित रहने आयोजकले जनाएका छन् । बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्दाहरु के हुन्छ भन्ने समिटको पहिलो विषय भएको आयोजकले जनाएको छ । हाल नेपाल बाहिरबाट उत्साहजनक सहभागीताको आवेदन आइरहेको इन्भेन्ट संयोजक भाबुक आचार्यले जानकारी दिएका छन् ।
समिटमा ठूला र बहुर्रा्ष्ट्रिय कम्पनीका सफल सिइओ र नेतृत्वकर्ताले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता उपाय अपनाएका छन ? र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदानप्रदान गरिने छ ।
दश बर्षे सशस्त्र द्वन्द्व, भूकम्प र त्यसपछिको नाकाबन्दीले देश आक्रान्त बनेको, बन्दहडताल, चक्काजाम, राजनीतिक उतारले देशको आर्थिक विकासको गति अवरुद्ध भएको भन्दै आयोजकले तर अब समय फेरिएको, सबै क्षेत्रमा आशाका किरणहरु पलाएको, तीन तहका निर्वाचनहरु सम्पन्न भएसँगै नयाँ संविधानको कार्यान्वयन अघि बढेको र स्थिर सरकार बन्ने प्रक्रिया अघि बढेकाले अब मुलुकमा आर्थिक विकासले गति लिने आशा लिएको समयमा आयोजना गरिएको कार्यक्रमले आर्थिक समृद्धी थप मद्धत गर्ने बिश्वास लिइएको छ ।
नयाँ सरकारका सामाजिक र आर्थिक मुद्दा के हुनेछ देश निर्माणका लागि कस्तो दृष्टिकोण सहितका योजनाहरु बन्ने छन यसको सफल कार्यान्वयनका लागि कस्ता रणनीतिहरुको तर्जुमा गरिनेछ र कस्ता टुल्स र टेक्निकको सहायताले आगामी ५, १० र २० बर्षमा नेपाल कहाँ पुग्नेछ भन्ने विषयमा सिइओ समिट केन्द्रित हुनेछ । समिटमा प्रधानमन्त्री, उद्योगमन्त्री, वाणिज्यमन्त्री तथा यो क्षेत्रका विज्ञसहित सरोकारवालाहरुको सहभागिता रहनेछ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कम्पनीका लगानीकर्ताहरु र कार्यकारी तथा नेतृत्वदायी भूमिका निभाउनेहरु विभिन्न क्षेत्रका सिइओ र विजनेश लिडरहरुबीच खुला छलफल, बहस र अन्तरक्रिया गर्नु समिटको मुख्य लक्ष्य भएको आयोजकको भनाई छ । समिटमा ठूला र बहुर्रा्ष्ट्रिय कम्पनीका सफताका सुत्रहरु के हुन व्यवसाय हाक्ने कार्यकारी र नेतृत्वले कम्पनी सञ्चालन गर्ने तरिका कस्ता छन भन्ने कुरा सहभागीहरुबीच बाँडिनेछ ।्सफल नेतृत्वकर्तामा हुनुपर्ने व्यवस्थापकीय कौशल र विश्वव्यापी अभ्यास तथा चुनौती बारेमा समेत समिटमा छलफल हुनेछ । समयको सही सदुपयोग र बाहिरी दुनियासँगको सम्बन्ध, ब्रान्ड, मानवीय संशाधन, सिएसआर व्यवस्थापन जस्ता क्षेत्रमा काम गरिरहेकहरुको अनुभव समेत यस कार्यक्रममा सुन्न र उनीहरुसँग प्रत्यक्ष कुराकानी गर्न सकिनेछ । साथै, नयाँ नयाँ सोचको आदान प्रदान गर्दै कम्पनी र त्यहाँ काम गर्ने व्यक्तिको उन्नती र प्रगति कसरी गर्ने भन्ने विषय समिट केन्द्रित रहनेछ ।
नेपाल सिइओ समिटमा सहभागी हुन अनलाईन मार्फत http://nepalceosummit.com/participation/ गई नाम दर्ता गर्ने सकिनेछ ।