इलाम नगर क्षेत्रका स्वास्थ्य संस्था जेष्ठ नागरिक मैत्री बनाउन बजेट

इलाम, २५ फागुन : इलाम नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई जेष्ठ नागरिक मैत्री बनाउनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५को बजेटबाट दशलाख रुपैंयाँभन्दा बढी रकम खर्च गर्ने भएको छ । २०७४ सालको चैत्र महिनादेखि कार्यान्वयन हुने यस कार्यक्रमअन्तर्गत इलाम नगरका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्टेवलाइजरसहित टेलिभिजन तथा डिस एन्टेना एक थान, रेडियो एक थान, कुर्सी कुसनसहित पन्ध्र थान, ग्यास सिलिण्डर चुल्हो सेटसहित कित्ली, ग्लास, चिया छान्ने, ट्रे समेत एक सेट, मादल भ्mयाली जस्ता वाद्यवादन सामग्री, स्वास्थ्य केन्द्रस्थित जेष्ठ नागरिक मिलन केन्द्रका लागि चिनी चियापत्ती व्यवस्थापनका लागि प्रति महिना पाँचसय रुपैंयाँको व्यवस्था, आयुर्वेद, योग, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, स्वस्थ आहार, अर्गानिक कृषि, फोहरमैला व्यवस्था, वातावरण संरक्षण जस्ता विषयमा विषयविज्ञबाट प्रशिक्षण कार्यक्रम संचालन गरिने छ ।
त्यस्तै नाम चलेका गायक, गीतकार, कवि र संगीतकारबाट मानसिक स्वस्थता हेतु मनोरञ्जन कार्यक्रम, विद्युत महसुल तथा विद्युत जडानका लागि प्रति केन्द्र पाँचसय रुपैंयाँ सम्मको सुविधा, प्रत्येक स्वास्थ्य केन्द्रका लागि रजिस्टर, डटपेन जस्ता स्टेसनरी व्यवस्थापनमा सहयोग, जेष्ठ नागरिक मिलन केन्द्रलाई सहज र प्रभावकारी रुपले सञ्चालनका लागि तोकिएका स्वास्थ्य केन्द्रका प्रमुखलाई मासिक पाँचसय रुपैंयाँ र कार्यालय सहयोगीलाई मासिक पाँचसय रुपैंयाँ समेत एकसय रुपैंयाँका दरले सञ्चार सुविधा, स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने सेवा सुविधा अंकित साइन बोर्ड व्यवस्थापन गरिने भएको छ । इलाम नगरका स्वास्थ्य संस्थालाई जेष्ठ नागरिक मैत्री बनाउने यस कार्यक्रमको प्रभावकारिता हेरी आगामी आर्थिक वर्ष २०७५÷०७६ मा समेत यस कार्यक्रमलाई निरन्तरता दिई थप बजेट व्यवस्था गरिने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता