मनोक्रान्ति केन्द्रले शनिवार जावालाखेलमा विशेष कार्यक्रम आयोजना गदै

काठमाडौं, २३ फागुन ।
मनोक्रान्ति केन्द्रले ३१ औँ मनोक्रान्ति दिवस मनाउँने भएको छ । केन्द्रले यहि फागुन २६ गते शनिवार ललितपुरको जावालाखेलमा विशेष कार्यक्रमको आयोजना गरेर मनाउँन लागेको हो । बुधबार  रिपोर्टर्स क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मनोक्रान्तिका डा. योगी विकाशानन्दले स्वस्थ जीवनका लागि योग र ध्यान अनिवार्य रहेको बताए । उनले भने, “नेपालमै पनि योग र ध्यान सिकाउने क्षमतावान व्यक्तित्वहरु हुनुहुन्छ, तर हामी भारतीय संस्कृतिको प्रभावमा परयौं, यसलाई अन्त्य गर्नुपर्छ ।” ध्यानले हरेक समस्याहरुको समाधान गर्ने उल्लेख गर्दै डा. योगीले भने, “ध्यानले लोभी पापी हुनबाट मुक्त बनाउँछ, दानी बनाउँछ, सकारात्मक बाटोतर्फ हिँड्न डोर्याउँछ, शरिरबाट सकारात्मक उर्जा उत्पादन गर्न मद्दत गर्छ ।”
त्यसैगरी, केन्द्रका  डा. सुवास घिमिरेले यो कार्यक्रम काठमाडौं उपत्यकामा बसोबास गर्ने हरेक बर्गका व्यक्तिहरुलाई लक्षित गरी गर्न लागिएको बताए  । उनले भने “स्वास्थ जीवनका लागि योग ध्यान, सफलता शास्त्र र स्मरण शक्तिका लागि सुपर लर्निङमा आधारित कार्यक्रमहरु हुनेछन् । ” विहान ७ः३० बजेदेखि १०ः३० सम्म जावालाखेल खेल मैदान बृहत योग कार्यक्रम केन्द्रले जनाएको छ । कार्यक्रमको उद्धघाट्न भने मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गर्ने पनि आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता