इलाम, २३ फागुनः इलाम नगरपालिका ५ बरबोटेमा रहेको बरबोटे बोडिङ स्कुले आफ्नो २३ औँ बार्षिक उत्सव भव्यताको साथ मनाएको छ ।
मंगलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरेर बार्षिक उत्सव मनाएको हो । गोपाल प्रसाद दुलालको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिमा इलाम नगरपालिकाका प्रमुख महेश वस्नेत, विशिष्ट अतिथिमा प्याब्सन इलामका अध्यक्ष विकास कर्माचाय, अतिथिहरु इनपा ४ का वडा अध्यक्ष नुतन देव दुलाल, वडा नं. ५ का अध्यक्ष ठाकुर श्रेष्ठ लागायतको उपस्थिति रहेको थियो । कार्यक्रमा विद्यालयका प्रिन्सिपल युवराज रिजाल लगायत विद्यालयमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने महानुभावहरुलाई सम्मनन गरिएको थियो ।
कार्यक्रमा विद्यार्थीहरुले विभिन्न खेलकुद तथा साँस्कृतिक प्रदर्शनी, नृत्य, गायन, नटक प्रस्तुत गरेका थिए । विद्यालयले विभिन्न समयमा भएका कार्यक्रमका उत्कृष्ठ सहभागिहरुलाई पुरस्कृत पनि गरेको थियो ।
कार्यक्रमा अभिवावहरुको बाक्लो उपस्थिति रहेको थियो विद्यार्थीहरुले पनि कार्यक्रममा भरपुर सहमागिता जनाएको विद्यालयका शिक्षक राम दुलालले माइपोखरी न्युजलाई जानकारी दिए ।