इलाम १० साउनः बढी दूर्घटना हुने मेचीराजमार्ग स्थित इलामको जोरकलसदेखि कर्यटकियस्थल कन्यामसम्मको क्षेत्रमा नमुना ट्राफिक व्यवस्थापनको काम शुरु भएको छ । सयौँ गाडिको ओहोरदोहोर हुने जोरकल–कन्याम सडक खण्डमा दैनिकैजसो दुर्घटना हुँदै गएपछि ट्राफिक व्यवस्थापनको चुस्त बनाइँदै आएको हो । सरकारले बढी दुर्घटना हुने क्षेत्रमा दूर्घटना न्युनिकरण गर्ने निर्णयपछि मेची राजमार्गको १० किलोमिटर क्षेत्रमा नुमुना ट्राफिक व्यवस्थानको काम गरिँदै आएको छ ।
सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा दुर्घटना न्युनिकरणका लागि सडक अतिक्रमण, फुटपात नियन्त्रण, छाडा चौपाया व्यवस्थित गरिनुका साथै सडक प्रयोग गर्ने नागरिक र विद्यार्थीलाई ट्राफिक जनचेतना अभिवृद्धि गरिँदै आएको इलाम ट्राफिक प्रमुख पदम राईले बताउनुभयो ।
सवारीसाधनको चाप बढ्दै जाँदा घुमाउरो बाटोमा बढी सवारी दूर्घटना हुँदै आएकाले घुम्ति र मोडहरुमा कन्भेक्स लेन्स, दुर्घटना बढी भएका क्षेत्रमा सन्केत चिन्ह र नियमिति चेतनामुलका कार्यक्रम हुँदै आएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका अनुसार मेचीराजमार्गको इलाम खण्डमा पछिल्लो नौ वर्षमा ३ सय ८१ वटा सवारी दुर्घटना भई एक सय ३८ जना यात्रुले ज्यान गुमाएका छन् ।
नौ वर्षको अवधिमै ट्राफिक नियम मिच्ने ८५ हजार ७ सय ३२ वटा सवारीसधान कारबाही परेकोमा सबैभन्दा बढी ३१ हजार ७ सय ८१ मोटरसाइकल छन् । सवारीसाधन कारबाहीबाट पछिल्लो ९ वर्षमा २ करोड ८० लाख ३९ हजार ६ सय राजश्व संकलन भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । लाेकल सन्देशबाट जस्ताकाे तस्तै