इलामे चेली काेपिलाको तीजको कोशेली ‘चौतारी ताकेर’ (भिडियाे सहित)

नेपाली महिलाहरुको महान चाड तीज पर्वको अवसरलाई लक्षित गरि इलामकी चेली कोपिला गौतमले तीज गीत ल्याएकी छिन् । 

‘चौतारी ताकेर’ नामक गीती एल्बममा गायिका कोपिला गौतमलाई चन्द्र शर्मा, प्रचन्ड जिसी र सुनिता अधिकारीले साथ दिएका छन् । गीतको शव्द संकलन सुवास केसीले गरेका हुन भने लय प्रचन्ड जिसीको रहेको छ । मेलोडी फिल्म प्रालिले उक्त गितको बजार व्यवस्थापन गरेको छ ।
गीतको म्युजिक भिडियोमा मोडेल रमेश थापा तथा रुविना अधिकारीले नृत्य प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।
इलाम माइती भएकी गायिकाको पारिवारिक पृष्ठभुमि पनि गीत संगितसँगै जोडिएको छ । गायिका कोपिला लोक गायक तथा सर्जक देबी प्रसाद गौतमकी सुपुत्री हुन् । गायिकाका भाई विमल गौतम पनि नेपाली सांगितिक क्षेत्रमा उदयीमान गायकका रुपमा स्थापित भईरहेका छन् । 
लामो समय पछि तीजको गीत मार्फत दर्शक श्रोता माझ आएकी कोपिलाका यस अघि पनि केही गीत बजारमा आईसकेका छन् । ५ वर्ष अघि उनले पशुपति शर्मा सँग ल्याएको तीज गीत ‘पोखरा फेवाताल’ अहिले पनि चर्चाको शिखरमा रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता