इलाममा २० जना प्लम्बर उत्पादन

इलाम, २ साउनः बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउन इलाममा तीन महिने प्लम्बिङ्ग तालिम प्रदान गरिएको छ । आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इलामको आयोजना र ब्यबसायिक तथा सीप बिकास तालिम केन्द्र झापा एवं श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा निशुल्क प्लम्बिङ्ग तालिम सञ्चालन गरिएको हो । तालिममा जिल्लाका बिभिन्न गाउँपालिका तथा नगरपालिकाका २० जना युवाहरुको सहभागिता रहेको थियो । युवाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष महेश श्रेष्ठले बताए । उनले भने, “सहकारीको सात सिद्धान्तमध्ये समुदायप्रतिको चासो राख्न र सामाजिक हित गर्नैको लागि आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि ले कार्यक्रमको आयोजना गरेको हो ।” समुदायप्रतिको चासोतालिमलाई फागुराम धिमालले सहजीकरण गरेका थिए । 
ब्यबसायिक तथा सीप बिकास तालिम केन्द्रले प्लम्बिङ्ग सहित हाउस वाइरिङ, कुक लगायतका तालिमहरु मेची अञ्चलका चार जिल्लालाई कार्यक्षेत्र बनाएर दिँदै आएको केन्द्रका प्रमुख सुमेन्द्र मण्डलले बताए । बुधबार सम्पन्न प्लम्बिङ्ग तालिमको समापन कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सीपले मानिसलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने बताए । उनले भने, “सीपले मानिसलाई भोको रहन दिदैन, सीपले गरिबी हटाउँछ, सीप सिकेको मानिस समाजकै गहना हुन् ।” 
उनले केन्द्रले जिल्लाका बेरोजगार युवाहरुलाई विभिन्न ब्यवसायिक तालिम दिएर आत्मनिर्भर र सक्षम बनाउन गरेको प्रयास सह्रानीय रहेको बताए । समापन सत्रमा इलाम उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष इश्वर चिपालु, जिल्ला सहकारी संघ इलामका अध्यक्ष नरेन्द्रनाथ भट्टराई, अल इन वान कम्प्युटर सोलुसन्सका प्रमुख नेत्र पोखरेल लगायतले मन्तव्य राखेका थिए । तालिमका सहभागिले आफुहरुले सिकेका कुरा ब्यवहारमा लागु गर्ने र ब्यवसायिक प्लम्बर बन्ने बताए । तालिम लिने अवसर पाएको खुसी ब्यक्त गदै उनीहरुले युवाहरुलाई आत्मनिर्भर बनाउन दिइएको यो तालिम निकै लाभदायी भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता