
बिर्तामोड ३० असारः भगवती ढुङ्गेलको उपन्यास ‘आधा सत्य’ झापामा सार्वजनिकीकरण गरिएको छ । उपन्यास ‘आधा सत्य’ काठमाडाैँमा असार ९ गते सामान्य प्रशासन मन्त्री लालबावु पण्डीतद्वारा बिमोचन भएको थियो ।
यस उपन्यासबाट संकलित रकम झापाका असाहय, अपाङ्ग बालबालिका र बृद्धबृद्धाको सहयोगका लागि सामाजिक संस्था मार्फत खर्च गरिने लेखिका ढुङ्गेलले प्रतिबद्धता जनाएकी छिन् ।
बिर्तामोडमा शनिवार आयोजित कार्यक्रममा लेखिका ढुङ्गेलले झापामा अनाथ, अपाङ्ग र बृद्धबृद्धाहरुको सहयोग गर्दै आएको संस्था लेट्स रन नेपाल मार्फत उपन्यास ‘आधा सत्य’ बिक्रीबाट जम्मा भएको रकम वितरण गरिने बताइन् ।
लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी जनक खड्का, लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराई लगायतले बोलेका थिए । उपन्यासमा वर्तमान अवस्थामा छोरी चेलीले भोग्नु परेको अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको छ ।