भालुढुङ्गालाई दिपराजको ३ लाख सहयोग

इलाम, ५ साउनः सदरमुकामबाट नजिकैको पर्यटकिय स्थल भालुढुङ्गामा इलामको दिघो पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने हेतुले भालुढुङा पर्यटन प्रवर्द्धन विकास सस्थाको पहलमा इलामका समाजसेवी इन्जिनियर दिपराज आङदेम्बेले आमा स्वर्गिय श्रीमती कमला देवी आङ्देम्बेको पुन्य स्मृतिमा टायल्स र रेलिङ्ग बापत अनुमानित रकम ३ लाख बराबरको सहयोग गर्नु हुने भएको छ। सामुदायिक बन क्षेत्र भित्र पर्ने उत्त क्षेत्रको अनि सो कार्यको ओढारे भालुढुङ्गामा एक समारोह बीच समाजसेवी इन्जिनियर दिपराज आङदेम्बे र ओढारे भालुढुङ्गा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कणेलले आज बिहान सयुत्तmरुपमा शिलान्यास गर्नु भएको हो ।
ओढारे भालुढुङ्गाको रेलिङ्ग छेउ २ फिट सम्मको टायल्स र केहि छेउ भागको रेलिङ्गलार्इ अलिक माथी आर्टिस्टिक तरिकाले उचाल्नाले पर्यटकहरुलाइ ढुङ्गामा हिडन सजिलो सुरक्षात्मक पनि हुने देखिन्छ भने यसले थप सुन्दरता बढाउने कुरामा समेत पक्का देखिन्छ।
पछिल्लो समयमा भालुढुङ्गा पर्यटन विकासमा देश बिदेशमा रहेका इलामेली युवाहरुबाट ३४ थान बेन्च,वडानम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठबाट ८०,०००। बराबरको रेलिङ्ग,प्रवासी इलामेली जनसम्पर्क मञ्चबाट सेल्फी फ्रेम, स्थानीय युवाहरु, संघ सस्थाबाट श्रमदान, इलाम नगरपालीकाबाट बाटो नालीमा सहयोग प्राप्त भएको छ । वडा नम्बर ७ को सहयोगमा पुनः चियाबारीबाट भालुढुङ्गा जाने बाटो समेत कालोपत्रे हुने भएको छ।अहिले सम्म ब्यत्तिmगतरुपमा सवै भन्दा ठूलो रकम अनुमानित ३ लाख बराबरको सहयोग इन्जिनियर दिपराज आङदेम्बेले गर्न लाग्नु भएको छ।
यसरी नै व्यत्ती,सस्था,अनि समाजमा केही गरौ भन्ने इच्छाशक्ति भएमा असम्भव भन्ने कुरा केही पनि नहुने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ मिसन भालुढुङ्गा।जसले भविष्यमा इलामको पर्यटन प्रवर्द्धनलाइ दिर्घकालिन रुपमा एउटा सफल टुरिज्म हवको रुपमा दैनिक फटको मार्दै गरेको देख्न सकिन्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता