
रसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा आज राति हुने दोस्रो खेलमा ब्राजिल र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । ब्राजिल र बेल्जियमबीचको खेल रसियाको कजान एरिनामा नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा हुँदैछ ।
यी दुई टिमबीच हुन लागेको क्वाटरफाइनल खेललाई विशेष चासोका साथ हेरिएको छ । विश्वकप ट्रफिका दाबेदार मानिएका टिम क्वाटरफाइनलमा भेट हुँदैछन् । विश्वकपमा अहिलेसम्म सन् १९८६ मा एक पटकमात्रै सेमिफाइनल पुगेको बेल्जियम ५ पटकको विश्वकप विजेता ब्राजिलको सामना गर्दैछ । १६ वर्षपछि ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन् ।
यसअघि प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिको र बेल्जियमले जापानलाई पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । प्रि–क्वाटरफाइन खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गरेको थियो भने उता, बेल्जियमले जापानलाई ३–२ गोल अन्तरले परािजत गरेको थियो ।
यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको विश्वकपको प्रि–क्वाटरफाइनलमा भेट भएको थियो । जहाँ ब्राजिलले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको थियो । रसिया विश्वपकमा बेल्जियम आफ्नो पुरानो हारको बदला लिने रणनीतिमा देखिन्छ ।
बेल्जियम र ब्राजिलको खेल यस कारणले पनि चाखलाग्दो हुने अनुमान गरिएको छ कि दुवै टिमहरु युवा खेलाडीले भरिएका छन् । दुवै टिमसँग जुनसुकै समयमा पनि खेल आफ्नो पक्षमा पार्नसक्ने क्षमताका खेलाडी छन् । ब्राजिलका लागि विश्वका महंगा खेलाडी नेयमार मुख्य भूमिकामा रहनेछन् भने फिलीप कोउन्टिहो, पाउलिन्हो र मार्सेलो लगायतका खेलाडी पहिलो रोजाइका हुन् ।
त्यस्तै, बेल्जियमका चर्चित खेलाडी रोमेलु लुकाकु, एडन हजार्ड र मारौने फेल्लौनी लगायतका खेलाडी पहिलो रोजाइका हुन् । यिनीहरुले खेलको अन्तिम समयसम्म पनि टिमलाई जितउन्मूख गराउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघिका खेलमा ब्राजिलका स्टार नेयमार र बेल्जियमका रोमेलु लुकाकु दुवैजना चर्चाको शिखरमा रहे । ब्राजिलका स्टार नेयमार प्रि–क्वाटफाइनल खेलमा पटक–पटक मैदानमा लडेर अभिनय गरेको आरोप लागेको छ ।
बेल्जियमका लुकाकुले विश्वकपमा ४ गोल गरेपछि गोल्डेनबुटका दाबेदारी प्रस्तुत गरेको भन्दै चर्चामा रहेका छन्।
ब्राजिल र बेल्जियमबीच अहिलेसम्म ४ खेलमा भेट भएको छ । जसमध्ये ३ खेल ब्राजिलले जितेको छ भने १ खेल बेल्जियमले जितेको छ । ब्राजिलका लागि भर नेयमार, मार्सेलो, फिलिप कोउटिन्हो रसिया विश्वकपमा ब्राजिलको खेल सुरुमा केही कमजोर देखिए पनि पछिल्ला खेल निकै लयमा रहेका छन् ।
ब्राजिलका खेलाडीमा नेयमार, सिल्भा, फिलीपे कउटिन्हो
समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग कमजोर देखिएको थियो । तर, प्रि–क्वाटरफाइनलको मेक्सिकोविरुद्धको खेलमा निकै धेरै सुधार भएको थियो । ब्राजिलको क्वाटरफाइनलमा पहिलो रोजाइका खेलाडीमा नेयमार, सिल्भा, फिलीपे कउटिन्हो, पाउलिनो, फर्मिनो, मार्सेलो र विलियन रहेका छन् । टिमका गेम मेकरका रुपमा मिडफिल्डर विलियन र काउन्टिहो रहेका छन् भने डिफेन्स लाइनमा मार्सेलो र सिल्भासहित अन्य खेलाडी हुनेछन् ।
बेल्जियमका भर लुकाकु र हाजार्ड
रसिया विश्वकपको क्वाटरफाइनल खेलमा ब्राजिलविरुद्ध बेल्जियमको पहिलो रोजाइका खेलाडीमा रोमेलु लुकाकु, इडेन हाजार्ड लगायत रहेका छन् । विश्वकपमा लुकाकु गोल्डेनबुटका दाबेदार हुन् भने उनले अहिलेसम्म भएका खेलमा ४ गोल गरिसकेका छन् ।
मिडफिल्डर हाजार्ड बेल्जियमका गेम मेकर हुन् उनले विपक्षीबाट बल पास निकाल्दै स्टाइकरसम्म पुर्याउन सक्ने क्षमतावान खेलाडी मानिन्छन् ।
लुकाकुसँगै बेल्जियमका कप्तान इडर्न हाजार्डलाई पनि ब्राजिलसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रुपमा हेरिएको छ । हाजार्डले यसअघि ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरेका थिए भने ब्राजिलसँगको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।एजेन्सी