उरुग्वे बिरुद्ध फ्रान्सको २-० गोलले बिजयी

इलाम, २२ असारः  रसियामा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट सुरु भएको छ ।
खेल सुरु भएको ४० मिनेटमा फ्रान्सका लागि ग्रीजम्यानको पासमा बरानेले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
त्यस्तै खेलको ६१ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले पोष्ट भन्दा २५ यार्ड टाढाबाट बायाँ खुट्टाले प्रहार गरेको बल उरुग्वेका गोलरक्षक मुस्लेराले ग्रिपमा लिन नसक्दा फ्रान्स खेलमा २–० ले विजयी भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता