
इलाम, २१ असारः समयमै पानी परे पछि इलामको चमैतामा धान रोपाईँ शुरु भएको छ । अहिलेको वर्षामा समयमै पानी परे पछि किसानहरुले धान रोप्न शुरु गरेका हुन । चमैताको केही भागमा मात्र धान खेति हुने गरेको छ । अहिले धान खेतीहुने ठाउँमा हिलो आलि रहेको चमैताकाट नेत्र पौडेलले जानकारी दिए ।