प्रदेशस्तरीय वक्तृत्वकलामा इलामबाट रश्मिना छनौट

इलाममा सदरमुकाममा बिहिवार सम्पन्न "समृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भुमिका" बिषयक वक्तृत्वकला प्रतियोगितामा पहिलो हुँदै प्रज्ञा सदन बोर्डिङ्ग स्कुलकी छात्रा रश्मिना खतिवडा प्रदेशस्तरीय प्रतियोगिताको लागि छनौट भएकी छिन् ।
जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरको अध्यक्षता एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको जिल्लास्तरीय प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना क्रमशः प्रसन्न निरौला, रश्मि काफ्ले र बबिता अधिकारी भए ।
१६ देखि २४ बर्षसम्मका युवाहरुको सहभागिता रहेको प्रतियोगितामा ११ जनाले भाग लिएका थिए । असार २३ गते प्रदेश राजधानी विराटनगरमा सबै जिल्लाका उत्कृष्टहरुबीच प्रतिस्पर्धा हुने र प्रदेशमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुले असार २६ गते काठमाडौंमा हुने सोही बिषयको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने अवसर पाउने जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष शंकरले बताए


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता