च्याउ खाँदा एकै परिवारका चारजना सिकिस्त

दमौली, २३ असार (रासस) : देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् । 
सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा सन्दिप र नौ वर्षीय छोरा रितभर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
घर नजिकैको बारीमा परालमा उम्रेका ठूल्ठूला च्याउ ल्याएर तरकारी खाँदा उनीहरु सिकिस्त भएका हुन् । ती सबैको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता