
समारा रंगशालामा भएको खेलमा २-० को फराकिलो जित निकाल्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । खेलको पहिलो हाफमा कर्नरबाट आएको बललाई ह्यारी मग्यौरीले हेडिङ गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-०को अग्रता बनाएको इंग्ल्याण्ड दोश्रो हाफमा पनि स्वेडनमाथि भारी परेको थियो । खेलमा आफ्नो बर्चस्व बनाएको इंग्ल्याण्डका लागि दोश्रो हाफको ५८ औं मिनेटमा डेली एलीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
त्यस बाहेक पनि इंग्ल्याण्डले गोल गर्ने राम्रो अवसर पाएपनि गोल गर्न चुकेको थियो । ९० मिनेटपछि थप गरिएको पाँच मिनेटको इन्ज्यूरी समयमा समेत कुनै गोल हुन सकेन र इंग्ल्याण्ड २-०ले विजयी हुन पुग्यो ।
१९९० पछि सेमिफाइनलको यात्रा तय गरेको इंग्ल्याण्ड यसपटकको विश्वकप उपाधिको दाबेदार मानिएको छ ।