एजेन्सी ।
रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलका लागि भएको भिडन्तमा क्रोएसियाले एेतिहासिक जित निकालेको छ । पहिलोपटक विश्वकपको फाइनलमा पुगेर इतिहास बनाएको उसले बुधबार राति भएको सेमिफाइनल खेलमा विश्वकपको पूर्वविजेता टिम इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेको हो ।
यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको थियो क्रोएसिया । फाइनलमा भने पहिलोपटक पुगेर उसले एेतिहासिक जित तय गरेको हो ।
खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल क्रोएसियाका लागि निर्णायक बन्यो । निर्धारित समयमा खेल बराबरी टुंगिएपछि अतिरिक्त समय थपिएको थियो । ९० मिनेटको समयसम्म दुवै टिम एक-एक गोलको बराबरीमा रोकिएका थिए । त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो तर थपिएको समयमा इंग्ल्यान्डले कुनै गोल हान्न सकेन ।
सुरूआतमा पाँचौ मिनेटमै क्रोएसियाले गोल खानुपरेको थियो । इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएको ५ मिनेटमै फ्रिकिकमार्फत सुन्दर गोल प्रहार गर्दै टोलीलार्इ अग्रता दिलाएका थिए । क्रोएसियाका लागि भने इभान पेरिसिकले ६८ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरे । खेलको म्यान अफ द म्याच पेरिसिक घोषित भए ।
पहिलोपटक फाइनल यात्रा तय गरेको क्रोएसिया अब आईतबार हुने फाइनल खेलमा कपको उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग भिड्नेछ । फ्रान्स १९९८ को विश्वविजेता टोली हो ।
रोचक त के छ भने पहिलोपटक सन १९९८ को फ्रान्समा भएको विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो सहभागितामा नै तेस्रो स्थान हासिल गरी तहल्का मच्चाएको थियो । र त्यस कपको उपाधि फ्रान्सले जितेको थियो । यसपटक पनि यी दुवै टोली उपाधिका लागि रोचक भिडन्तमा उत्रँदै छन् ।